सार्वजनिक हितका लागि जारी हुने सूचनाप्रति ध्यान दिनुपर्नेमा जोड

अमेरिका, ३ माघ / सार्वजनिक हितका लागि जारी हुने विकसित सूचनाप्रति आम लाभग्राहीहरु आफैं चनाखो हुनु पर्नेमा अमेरिकामा कर्जा सेवा प्रदान गर्दै आएकी सीता गुरुङले जोड दिएकी छिन् । अमेरिकाबाटै प्रसारण हुने सोनिसा शोकी प्रस्तोता सोनिसा थापाँसँगको कुराकानीमा सीता गुरुङले यस विषयमा जोड दिएकी हुन् ।

सेवाग्राही र सेवा प्रदायकहरु जहिले पनि नयाँ नयाँ सूचनासँग नजिक हुनु पर्नेमा अमेरिकाको क्यालिफोर्नियमा कर्जा सेवा प्रदान गर्दै आईरहेकी सीता गुरुङको जोड रहेको छ । उनको भनाईअनुसार बेला बेलामा बसोबास सहजीकरणसम्बन्धी विभिन्न प्रकारका अनुदानजन्य सेवाका सुचनाहरु प्रवाह भईरहेका हुन सक्ने भएकोले त्यसको पहँुचमा आफ्ना लाभग्राहीलाई पुर्याउन विकसित सूचना सामग्रीहरुप्रति सेवाग्राही र सेवाप्रदायकहरुले ध्यान दिनु पर्ने उनको बुझाई छ ।

Advertisement:

अमेरिकामा सिकेको सीप र अमेरिकी सरकारको मान्यतामा आधारित रहेर वित्तीय सेवा दिने हो भने नेपालमा पनि आर्थिक विकास गर्न सजिलो हुने उनले ठानेकी छिन् । अमेरिकामा अनुमतिप्राप्त जग्गा कारोवारकर्ताले बैंक कर्मचारी भएर पनि काम गर्दा कस्तो अवस्थामा घर जग्गालाई कर्जा प्रवाह गर्न मिल्ने वा कस्तो कस्तो घर जग्गालाई कर्जा प्रदान गर्न नमिल्ने ? राम्रोँसग बुझ्न पाईने भएकोले यो प्रणालीबाट नेपालमा पनि घरजग्गा कारोबार र यसका लागि प्रदान गरिने कर्जाको भविष्य हेर्न सकिने भएकाले यस्तै मान्यता नेपालमा पनि अपनाउनु पर्नेमा कर्जा अधिकृत सीता गुरुङ जोड दिन्छिन् ।

झण्डै एक दशकअघि अमेरिका पुगेकी सीता गुरुङ आफ्नो भविष्य खोज्न चाहने कुनै पनि जनशक्तिले काम गर्दै जाँदा उत्पन्न हुने अवरोधबाट भविष्यका लागि धेरै पाठ सिक्न सक्ने धारणा राख्छिन् । पछिल्लो समयमा बजारमा उस्तै सेवा प्रदायकहरुले प्रतिष्पर्धाको नाममा अस्वस्थता उत्पन्न गर्न सक्ने सम्भावनाको विषयलाई यहाँले कुन रुपमा लिने गर्नु भएको छ ? भन्ने जिज्ञाषामा कर्जा अधिकृत सीता गुरुङ भन्छिन् ‘सेवा प्रदायकहरुले आफ्नो व्यावसायिक लाभका लागि सेवाग्राहीलाई दुःख दिने र उस्तै सेवा प्रदायकहरुलाई पछाडि पार्ने गरी कुनै प्रकारको कारोबार गर्नु हदैन । आफ्नो सेवाको गुणस्तरीयतालाई उच्च बनाउनु पर्नेमा जोड दिनु राम्रो हुन्छ । त्यसैले हामी यहि विषयमा सजग छौं ।’ सकेसम्म उपभोक्ताहरु जसले प्रदान गर्ने सेवाबाट सन्तुष्ट हुन सक्छन्, उसैबाट सेवा लिन पाउने अवसरबाट बञ्चित हुन नहुने पनि उनको धारणा रहेको छ ।

विगत ५ वर्षदेखि अमेरिकामा कर्जा अधिृकतका रुपमा काम गर्दै आईरहेकी उनी अमेरिका प्रवेश गर्ने वितिक्कै आफ्नो भविष्य निर्धारण गर्न निकै ठूलो सङ्घर्ष गरेको बताउँछिन् । भारत र नेपालमा आफूले हासिल गरेको शैक्षिक योग्यता अमेरिकामा मिल्दोजुल्दो नभएकै कारण योग्ताअनुसारको रोजगारको अवसर पाउन नसकिने र सामान्य रेष्टुरेण्टको सेविका भएर सेवा गर्दै त्यहिँको शिक्षा आर्जनलाई अगाडि बढाएर आज कर्जा अधृकृतको भूमिकामा काम गर्न आफूलाई सफलता मिलेको उदाहरण दिदै कुनैपनि पेशामा सफलता हासिल गर्न ठूलै संघर्ष गर्नु पर्नेमा आम युवाहरुलाई उनि सन्देश दिन चाहन्छिन् ।

भारतमा वितीय व्यवस्थापन तथा लगानी व्यवस्थापनसम्बन्धी अध्ययन गरेको र नेपालमा रहदा झण्डै एक वर्ष बैंकमा समेत काम गरेको अनुभवले सीता गुरुङले अमेरिकामा पुगेपछि आफ्नो अनुभव र शैक्षिक योग्यतालाई त्यहि क्षेत्रमा लगाउनु पर्छ भन्ने सोच लिएकी कारण अहिले अमेरिका जस्तो सम्पन्न र विकसित मुलुकमा पुगेर पनि यहि पेशामा सफलता हासिल गर्ने अवसर मिलेको महशुस गरेकी छिन् । बैकिङ क्षेत्रमा काम गरेर ५ वर्ष पार गर्नुमा उनी गौरवान्वित भएको महशुस गर्छिन् ।

भारतीय गोर्खा सैनिकमा काम गरेका आफ्ना पितासँगै भारतमा नै हुर्किएकी सीता गुरुङले लगानी व्यवस्थापन विषयमा भारतबाटै स्नातकोत्तर पुरा गरेर अमेरिका प्रवेश गरेपछि पनि अमेरिकामा समेत सोही विषयमा अध्यापन हुने अभिमूखीकरण शिक्षाको प्रमाणपत्र हासिल गरी कर्जा सेवा व्यवस्थापनसम्बन्धी सम्बन्धित निकायबाट अनुमति प्राप्त कर्जा अधिकृतको जिम्मेवार वहन गर्दै आएकी हुन् ।

प्रतिक्रिया दिनुहोस् :