मकवानपुरको मनहरीमा आप्रवासनको प्रभाव सम्बन्धी अन्तरक्रिया

हेटौंडा–मकवानपुरको मनहरी गाउँपालिकामा बुधबार आप्रवासनको प्रभाव सम्बन्धमा अन्तरक्रिया भएको छ । गाउँपालिकाको रोजगार शाखाको आयोजनामा भएको कार्यक्रममा सुरक्षित आप्रवासनका लागि दिइने परामर्श र आप्रवासनको वर्तमान अवस्थाको बारेमा छलफल गरिएको थियो ।
हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र बकैया गाउँपालिकाको सहकार्यमा संचालन भइरहेको सुरक्षित आप्रवासी (सामी) कार्यक्रम १० वटै स्थानीय तहमा संचालन हुँदै आइरहेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट चलिरहेको सुरक्षित आप्रवासी रोजगारी सम्बन्धी कार्यक्रम नेपाल भरीमा १५६ पालिका र ३८ जिल्लामा संचालन हुँदै आइरहेको छ । स्थानीय पालिका आफँैले संचालन गर्दै आएको कार्यक्रम मनहरी गाउँपालिकाले विगत ४ वर्ष देखि संचालन गर्दै आइरहेको जनाइएको छ ।
सुरक्षित आप्रवासन जिल्ला सहजकर्ता अन्जना थापा मगरका अनुसार मकवानपुरबाट बितेको वर्ष आप्रवासनका लागि राहदानी बनाउने २४९० महिला र ३३११ पुरुषलाइ वैदेशिक रोजगारी सम्बन्धी परामर्श दिइएको छ । जसमध्ये मनहरी गाउँपालिकाबाट महिलाको संख्या २६२ र पुरुषको संख्या १५० रहेको छ ।
सामीले पछिल्लो समय मनोसामाजिक परामर्श समेत कार्यक्रम गर्दै आइरहेको बताउँदै मगरले मनोसामाजिक परामर्श कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा पहिचान गरिएका मनोसामाजिक समस्या सम्बन्धी १४ जना, समाधान भएको १ र पकृयामा रहेको १३ समस्या जना रहेका छन् ।
नेपालबाट श्रम स्वकृती लिएर वैदेशिक रोजगार मा जानेको संख्या ७१ लाख नाघिसकेको छ भने हाल दैनिक सरदर २ हजार २ सय जना वैदेशिक रोजगारमा जाने गरेका छन् । श्रम स्वकृती नलिई वैदेशिक रोजगारीमा जानेको संख्या समेत उल्लेख्य रहेको मनहरी गाउँपालिका रोजगार संयोजक शिवराज साही जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगारको वर्तमान परिवेश, अवसर र चुनौतीका विषयमा मनहरी गाउँपालिका प्रशासकीय अधिकृत रमेश सुवेदीले प्रस्तुतीकरण गरेका थिए । ३ नम्बर वडा अध्यक्ष अनन्त प्रकाश अर्यालको सभाअध्यक्षता तथा मनहरी गाउपालिकाको अध्यक्ष रन्जन कालाखेतिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मनहरी गाउपालिकाको ९ वटै वडाका जनप्रतिनिधि, तथा ९ वटै टोल विकास संस्थामा प्रतिनिधित्व गरिरहेका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :