ग्यालेक्सी ‘एस ट्वान्टीफोर’ सिरिजले एप्पललाई उछिन्ने पक्का : यस्तो छ फिचर

galaxy-s24-samsung-smart-phone-new-lunched-tatokhabar-tato-khabar-business-news

तातोखबर, काठमाडौं /  दक्षिण कोरियाली कम्पनी सामसङले आफ्नो फ्ल्यागशिप स्मार्टफोन सिरिज ग्यालेक्सी ‘एस ट्वान्टीफोर’ सार्वजनिक गरेको छ । वार्षिक कार्यक्रम सामसङ अनप्याक्ड मार्फत् सामसङले उक्त फोन सार्वजनिक गरेको हो ।

थुप्रै एआई(आर्टिफिसियल इन्टेलीजेन्स) फिचर्स लोड भएका स्मार्टफोन सासमङले सार्वजनिक गरेको छ । प्रिमियम फोनको विश्व बजारमा एप्पललाई चुनौति दिनेगरी सामसङले नयाँ फोन सार्वजनिक गरेको हो ।

Advertisement:galaxy-s24-samsung-smart-phone-new-lunched-tatokhabar-tato-khabar-business-news

ग्यालेक्सी ‘एस ट्वान्टीफोर’, अल्ट्रा, ग्यालेक्सी प्लस तीन भेरियन्टसहित सामसङले नयाँ लाइनअप ल्याएको छ । सामसङका यी नयाँ फोनमा एआई लोडेड रहेका छन्। पछिल्लो समय आएको एआईको विकासलाई सामसङले स्मार्टफोनमै सामावेश गरेको छ। एआई नोट असिस्ट, च्याट असिस्ट, इन्टरप्रेटर, फोटोमोजिस, सर्कल टू सर्च र रियल-टाइम भाषा अनुवाद जस्ता फिचरहरू फोनमा रहेको छ ।

एआई आधारित फोटो असिस्ट टुल ग्यालेक्सी एस २४ सिरिजमा फोटो असिस्ट फिचर उपलब्ध हुनेछ। यो एआई जनरेटेड एडिटिंग टुलको सहयोगी बाट इमेजमा कुनै पनि ऑब्जेक्टलाई हटाउन  सकिनेछ। यसको अलावा, यो टुल फोटो क्लिक गरेको छ भने उसको क्लारिटी बढाउन सुझाव पनि दिनेछ। एस २४ सिरिजमा सर्कल टु सर्च फिचर उपलब्ध छ। यो फिचर इमेज वा भिडियोमा निश्चित विन्दुमा क्लिक गरेपछि त्यसैलाई सर्च गर्न सहयोगी हुनेछ। गुगल लेन्समा यस्तो सुविधा अहिले पनि रहेको छ ।

एआईको सुविधा ग्यालेक्सी नोटमा पनि हुनेछ। कुनै पनि खेस्रा नोटलाई व्यवस्थितमात्र होइन यसले सारांश पनि निकाल्ने काम गर्नेछ जसले गर्दा पढ्ने र संग्रह गर्नका लागि सहयोग गर्नेछ ।

ग्यालेक्सीको एआईको अर्को मुख्य विशेषता भनेको रियलटाइम भाषा अनुवाद, च्याट र कलको रियलटाइम भाषा अनुवाद निकै चर्चित र नयाँ फिचर्स रहेको छ । यसमा च्याट गर्दा कुनै व्यक्तिले अंग्रेजीमा मेसेज पठाएको छ भने हिन्दीभाषी प्रयोगकर्ताले भाषा छनौट गरेर त्यसलाई हिन्दीमा अनुवादगरि पढ्नसक्ने छन् । च्याटमात्र होइन कल पनि अनुवाद हुनेछ त्यो पनि रियलटाइममा कुनै पनि दुई जना फोनमा कुरा गर्दाको समयमा अंग्रेजीमा बोलेको कुरा हिन्दीभाषीले हिन्दीमा पढ्न र सुन्नसक्नेछन् भने हिन्दीमा बोलेको कुरा अंग्रेजीभाषीले अंग्रेजीमै सुन्न र पढ्नसक्नेछन् ।

तत्कालका लागि यस्तो सुविधा विश्वका ३० भाषामा रहेको र भविष्यमा यो थप हुँदै जाने कम्पनीले बताएको छ । स्न्यापड्र्यागन एट जेन थ्री प्रोसेसरसहित आउने अल्ट्राको ब्याट्री क्षमता ५ हजार एमएएच रहेको छ । चारवटा क्यामेरा सेटअप भएको यो फोनमा मुख्य लेन्स २०० मेगापिक्सेलको हुनेछ । ५० मेगापिक्सेलको जुम लेन्स भएको फोनमा ५ गुणा अप्किल जुम र १० गुणासम्मको गुणस्तरीय जुम उपल्ध रहेको छ । यसको आधारभूत स्टोरेज २५६ जीबीबाट सुरु हुनेछ ।

त्यस्तै सामसङको आफ्नै प्रोसेसर एक्सीनास २४०० प्रोसेसर प्रयोग भएको प्लस भेरियन्टमा भने ४९०० एमएएच क्षमताको ब्याट्री रहेको छ । यसमा ५० मेगापिक्सेलको मुख्य लेन्स रहेको छ भने १०, १० मेगापिक्सेलका टेलि र वाइड लेन्स रहेकेा छन् । ग्यालेक्सी एस ट्वान्टीफोरमा पनि क्यामेरा सेटअप उस्तै छ तर ब्याट्री क्षमता भने ४००० एमएएच रहेको छ ।

सामसङले यसमा मुख्यगरि तीन भेरियन्ट सार्वजनिक गरेको छ । त्यसमा अमेरिकी बजारमा ग्यालेक्सी एस ट्वान्टी फोरको मूल्य ७९९ डलर, प्लसको ९९९ र अल्ट्राको १२९९ डलर निर्धारण गरेको छ । त्यस्तै भारतीय बजारमा भने क्रमश : ६३ हजार,  ६६ हजार र १ लाख ८ हजार भारतीय रुपैयाँ हुनेछ । यो आधार मूल्य हो प्रत्येक मोडलको स्टोरेज क्षमता अनुसार मूल्य बढ्नसक्नेछ ।

सामसङले यो सिरिजको फोनबाट ए्प्पलको आईफोनलाई माथ दिने विश्वास लिएको छ । हिजैमात्र विश्व बजारमा एप्पलले सासमङलाई उछिनेको थियो । तर यो सुविधासहितको फोनबाट एप्पललाई उछिन्ने कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस् :