पालिकाले मौसमी कामदार कोरिया पठाउन नपाउने ः श्रम मन्त्रालय

shram-mantralaya

काठमाण्डौ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पालिकाहरुले समझदारी गरेर मौसमी कामदारका रुपमा श्रमिकलाई कोरिया पठाउन नपाउने बताएको छ ।

मौसमी कामदार पठाउन केही पालिकाहरुले कोरियाका एक कम्पनीसँग धमाधम सम्झौता गरेको पाइएको भन्दै मन्त्रालयले यो कार्य कानुन र अधिकारबाहिर भएको भन्दै सचेत गराएको हो ।

Advertisement:shram-mantralaya

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् पालिकाहरुलाई यसअघि नै मौसमी कामदार पठाउने सम्बन्धमा रोक लगाएको भन्दै श्रम मन्त्रालयले कामदार पठाउने सम्झौता नगर्न र गरेको भए यसले बैधता नपाउने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस् :