एसईई परीक्षा चैत १५ मा शुरु हुने

exam-board-bhaktapur-photo-tatokhabar-tatokhabar-onlinekhabar-see-exam-routine

तातोखबर, काठमाडौँ / माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गते शुरु हुने भएको छ ।

एसईई चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको हो। आज (आइतवार) बसेको परीक्षा बोर्डको बैठकले एसईई सो मितिमा गर्ने निर्णय गरेको हो ।

Advertisement:exam-board-bhaktapur-photo-tatokhabar-tatokhabar-onlinekhabar-see-exam-routine

बोर्ड अध्यक्ष डा महाश्रम शर्माका अनुसार परीक्षाका बीचमा होली/फागु पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको छ। यस वर्ष चैत ११ र १२ गते होली/फागु परेको छ ।

बोर्डको वार्षिक कार्यतालिकाअनुसार चैत पहिलो साता परीक्षा शुरु गर्नुपर्ने थियो । यो वर्षको एसईई परीक्षा दिन ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन्। तीमध्ये २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४४० जना छात्रा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् :