नेताहरुले ईमान्दार भएर काम गर्न सकेननः चन्द्र भण्डारी

काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले देशको नेताहरु ईमान्दार नभएको र कानुनले काम नगरेको टिप्पणी गरेका छन् ।

आज (मंगलबार) विश्व हिन्दु महासंघद्वारा आयोजित नीलप्रसाद भण्डारीको वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै उनले देशको कानुनले काम नगरेका कारण अपराधमा संलग्न भएर पनि देशका ठूला भनिएका मानिसहरु निर्वाध रुपमा हिँडिरहेको बताए ।

Advertisement:

‘कानुनले काम गरेको भए आज देशका ठूलाबडा भनिने धेरैजसो व्यक्ति आज जेलमा भेटिन्थे,’- उनले भने ।

नेताहरुले इमानदार भएर काम गर्न नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस् :