राष्ट्रियसभा निर्वाचन: बागमतीमा गठबन्धनको जित

bagmati-province

तातोखबर, हेटौंडा / राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेश अन्तर्गतको ४ सिटमा सत्ता गठबन्धन दलका उम्मेदवारहरु विजयी भएका छन् । बिहीबार सम्पन्न मतदान कार्यक्रममा सत्ता गठबन्धनका उम्मेदवारले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै जित हात पारेका हुन् ।

राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट महिला कोटातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी विजयी भएकी छन् । पुडासैनीले ६६२२ मतभारसहित विजय प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रोचकुमारी चौलागाईंले २५५२ मत ल्याएकी छन् । दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल ६५१२ मतभारसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवराज विकले ३०५२ मत प्राप्त गरेका छन् ।

Advertisement:bagmati-province

अन्यतर्फ कांग्रेसका जितजंग बस्नेतले ६५३१ मतभारसहित विजय प्राप्त गर्दा उनका निकटतम प्रतद्वन्द्वी एमालेका त्रिलोचन निर्मल पौडेलले २५५९ मत ल्याएका छन् भने अपांगता कोटाबाट माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी ६४८३ मतभारसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमाले विवेक देवकोटाले २७३४ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस् :