यू-१९ विश्वकप : दिउँसो पौने २ बजे नेपालले अफगानिस्तानको सामना गर्ने

gulsan-jha-nepali-u19-teem

तातोखबर, क्रिकेट /  नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेल  (शुक्रवार) आज अफगानिस्तानसँग खेल्दै छ।

दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा दिउँसो पौने २ बजे नेपालले अफगानिस्तानको सामना गर्ने भएको हो। भोलिको खेलमा विजेता टोली सुपर सिक्समा पुग्नेछ।

Advertisement:gulsan-jha-nepali-u19-teem

अघिल्ला २ खेल लगातार हारेको नेपाललाई सुपर सिक्समा पुग्न अफगानिस्तानलाई पराजित गर्नैपर्ने चुनौतीमा छ।

आफ्ना २ खेलमा पराजय भोगेको अफगानिस्तानले पनि सुपर सिक्समा पुग्न नेपाललाई हराउनै पर्नेछ।  नेपाल र अफगानिस्तानबीचको खेल नकआउट सरह बन्न पुगेको छ ।

समूह ‘डी’ मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले  पराजित भएको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

अफगानिस्तान भने पाकिस्तानसँग १८१ रन र न्युजिल्याण्डसँग १ विकेटले पराजित भएको थियो ।

दक्षिण एशियाका दुई चर्चित यू-१९ क्रिकेट टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका छैनन् । यी दुई टोलीबीच यू–१९ विश्वकपमा पहिलो पटक भेट हुनेछ।

समूहमा लगातार २ खेल जितेका पाकिस्तान र न्युजिल्याण्ड ४/४ अंक जोड्दै सुपर सिक्समा पुगिसकेका छन्। नेपाल र अफगानिस्तान दुवै अंकविहीन छन्।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। यो समूहमा न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन्।

समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका, समूह  ‘बी’ मा इङ्गल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्याण्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया रहेका छन्।

अंक तालिकामा हरेक समूहबाट शीर्ष तीनमा रहने टोली सुपर सिक्समा पुग्नेछन्।

प्रतिक्रिया दिनुहोस् :