घर जग्गा खरिदमा गुणस्तरीय सेवाको महत्व

अमेरिका, १२ माघ / आधुनिक जीवनशैली अपनाउने प्रबृत्ति बढेसँगै आमउपभोक्ताले आफूले उपभोग गर्ने साधन तथा सामग्रीको प्रभावकारिता बुझ्न सेवा प्रदायकहरु आफैंले सुझाव दिन थालेका छन् । अमेरिकाको क्यालिफोर्निया राज्यमा आवासीय भवन खरिद विक्री गर्दै आएका एक व्यवसायीले यस्तो सुझाव दिएका हुन् ।

अमेरिकामा रहेर आवासीय सेवा व्यवसाय सञ्चालन गर्दै आएका नेपाली व्यवसायी धनराज थापाले बद्लिदो बजार प्रणाली आमउपभोक्ताहरुको हितमा भन्दा बढि व्यवसायीहरुको तत्कालीन् व्यावसायिक लाभका लागि केन्द्रित हुने गरेकोले उपभोक्ता नै सचेत हुनु पर्ने बताएका छन् । तातोखबर प्रतिनिधिसँग कुरा गर्दै व्यवसायी थापाले भनेका छन् ‘अमेरिकामा घर खरिद विक्री बजारमा कतिपय उपभोक्ताहरुले घर खरिद गर्दा अनावश्यक झण्झट ब्यहोरेको गुनासो सुनेपछि उपभोक्ताहरुले घर खरिद गर्दा त्यस्तो झण्झट व्यहोर्नु नपरोस् भनेर मैले यो रियल स्टेट व्यवसाय शुर गरेको हुँ ।’

Advertisement:

घर खरिदको तयारी गरिरहेका उपभोक्ताहरुलाई कसरी आफ्नो सेवाबाट सन्तुष्ट पार्न सक्नुभएको छ ? भनेर राखिएको जिज्ञाषामा उनले भने, ‘घर जस्तो सम्पदा बारम्बार जोड्न सकिने साधन होईन, त्यसैले आफूले विक्री गर्न लागेको भवनको प्रभावकारिता र गुणस्तरीयताको बारेमा घर खरिद गर्न सम्पर्कमा आउनु भएका सेवाग्राहीलाई राम्रोसँग बुझाईसकेपछि उहाँहरुले स्वीकार गर्नु भएपछि मात्रै विक्री प्रकृयामा अगाडि बढ्ने गरेको छु ।’ आफूले विक्री गरेको घर खरिदकर्ताहरु बाट कुनै प्रकारको गुनासो सुन्नु नपेरको समेत उनले प्रष्ट पारे ।

पछिल्लो प्रतिष्पर्धात्मक बजारमा आफूलेभन्दा अझ प्रभावकारी र उत्कृष्ट सेवा कसैले दिन सक्छन् भने उसकै सेवा लिन पनि उपभोक्ताहरुलाई व्यवसायी धनराज थापाले सुझाव दिएका छन् । पछिल्लो समयमा कुनै पनि घरहरु हेर्दा आकर्षक तर गुणस्तरहीन पनि पाउन सकिने भएकोले यस्ता घरहरुबाट उपभोक्ताहरुले सावधानी अपनाउन पर्नेमा उनको जोड रहेको छ । थापाले घरजग्गा कारोबारमा मात्रै नभएर अन्य उपभोग्य वस्तुहरुको खरिद गर्दा पनि त्यसको देखावटी आकर्षणलाई भन्दा पनि गुणस्तरीयतामा विश्वास गर्न आफूले जोड दिदै आएको बताए ।

बजारमा अस्वस्थ प्रतिष्र्धा पनि देखिने गरेको विषयलाई लक्षित गर्दै उनले भने, ‘सेवाग्राही झुक्याउने गरी बजार कब्जा गर्न कुनै पनि व्यवसाय लाग्नु हुदैन, व्यावसायिकतामा स्वस्थ प्रतिष्पर्धा हुनु पर्छ । यसबाट सेवाको गुणस्तरीयता बृद्ध हुदै जान सक्छ ।’ व्यवसाय गरेर त्यसबाट आफ्नो आर्थिक विकास गर्नु पर्ने भएकाले आफूले सेवा दिएबापतको शुल्कमा पनि उपभोक्ता शोषण नहुने गरी इमान्दारिताका साथ शुल्क ग्रहण गर्नु पर्नेमा घर जग्गा व्यवसायी धनराज थापाको जोड रहेको छ । जसरी पनि धेरै कमाउनु छ भन्ने उद्देश्यले यदि काही ब्यक्ति घर जग्गा व्यवसायमा उत्रिएको छ भने उसले कुनै बेला कमाउने अवसर नै गुमाउन सक्ने र यो व्यवसायबाट बाहिरिन पर्ने हुन सक्नेमा व्यवसायीहरुलाई समेय सचेत गराउन चाहेको उनले बताए ।
यदि कुनै ब्यक्ति सेवा व्यवसाय सञ्चालन गर्न गईरहेको छ भने ऊसले त्यस विषयमा आवश्यक ज्ञान लिएर आफ्नो दक्षता हासिल गर्नुपर्ने आवश्यकता औंल्याउदै आएका आवास सेवा व्यवसायी धनराज थापाले आवास सेवा व्यवसाय एउटा पुस्तक जस्तै भएको र यो लामोसमयसम्म सञ्चालन हुने विषय भएको यसमा धेरै सोचेर मात्रै हात हाल्नु पर्ने, यदि त्यसो गर्न सकिएन भने यो व्यवासयमा टिक्न निकै गाह्रो हुन्छ दृष्टिकोण प्रस्तुत गरेका छन् ।

आतिथ्यता सत्कार व्यवस्थापनमा स्नातक तहसम्म नेपालमा नै पूरा गरी विराटनगरका कलेजहरुमा होटल म्यानेजमेन्ट विषयमा ११ र १२ कक्षाका विद्यार्थीहरुलाई यसै विषयमा अध्यापन गर्दै गर्दा उच्च शिक्षा हासिल गर्न अमेरिका आएका धनराज थापाले अमेरिकाको क्यालिफोर्नियाको एउटा कलेजबाट आफनो स्नातकोत्तर तहको अध्ययन पूरा गरी बीमा अभिकर्ताको रुपमा सवारीको बीमा, आवास गृहको बीमालगायत अन्य सम्पत्ती बीमाको काम गर्दा आफूले आवास गृह व्यवसाय गर्न आफूमा उपययुक्त गुण पाएपछि यो व्यवसायमा हात हालेका हुन् ।

घर खरिदकर्ताहरुलाई आफूले खरिद गर्ने घरको बारेमा राम्रो जानकारी नहुदा गुणस्तरहीन आवास किनेर पछुताएको कतिपय सेवाग्राही भेटेपछि आफूले यो व्यवसाय सञ्चालन गर्न पहिला त खरिदकर्ताहरुलाई सचेत गराउनु पर्ने ठानेर यहि व्यवसायतर्फ आफ्नो ध्यान केन्द्रित पुगेका बताउँछन् उनी । घर जग्गा खरिदको तयारीमा रहेका समुदायसँग सम्पर्क स्थापना गरी कस्तो घर कस्तो उपभोक्तालाई उचित हुन्छ ? भन्ने सुझाव दिने मनाशयका साथ यो व्यववसाय अङ्गाल्न पुगेका धनराज थापाले अमेरिकालाई स्वस्न मुलुकका रुपमा किन विश्वले लिन्छ ? भनेर अध्ययन गरेपछि यो व्यवसायमा प्रवेश गरेको बताएका छन् ।

अमेरिकामा कसरी उत्कृष्ट जीवनशैली निर्माण गर्न सकिन्छ ? भनेर सोच्न सकिने र सम्पत्ति आर्जनका लागि पनि ठूला अवसरहरु भएको मुलुकका रुपमा लिईने अमेरिका नै स्थायी बसोबास गर्न चाहने समुदायलाई घर आवश्यक हुनुका साथै घर खरिद बिक्री व्यवसायमा अध्ययन गरेर यसलाई समाउन सक्ने हो भने आफ्नो उज्वल भविष्य यसमा नै प्राप्त गर्न सकिने देखेर यो व्यवसायमा प्रवेश गरेको उनको भनाई छ । कुनै विक्रेताले गुणस्तरहीन भवनहरुलाई पनि ढाकछोप गरेर विक्री गरेको देखेपछि यसबाट उपभोक्ताहरु शोषणमा पर्न नहुने सोचेर गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यसहित यो यहि व्यवासय गर्दै आएको पनि व्यवसायी धनराज थापा बताउँछन् ।

— सोनिसा थापा, अमेरिका

प्रतिक्रिया दिनुहोस् :