कोशी प्रदेशको अन्तर्घातपछि गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने: वर्षमान पुन

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको अन्तर्घातपछि गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन्।
गृहजिल्ला रोल्पामा जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण कार्यक्रममा पुनले कांग्रेसले माओवादीबाट विश्वास गुमाएको टिप्पणी गरेका हुन्।
हरेक चुनावमा आफूहरु इमान्दार भएर कांग्रेसलाई जिताइरहे पनि कांग्रेस भने माओवादीका उम्मेदवार हराउन भूमिका खेल्ने गरेको आरोप लगाए। त्यसमा कांग्रेस गुटबन्दीलाई कारण देखाउँदै पन्छिने गरेको पुनको भनाइ छ।
बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको थियो। सिटौला विजयी भए पनि कार्की भने एमालेकी रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन्। उक्त घटनापछि एकतिर गठबन्धनमा अविश्वास बढ्दै गएको छ भने अर्कातिर माओवादीभित्रै पनि कांग्रेससँगको सहकार्य छाड्नुपर्ने दबाब बढेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस