प्रधानमन्त्री र चिनिया उपमन्त्री सुन हैयानबीच शिष्टाचार भेट

Prachanda-heiyan-meet

तातोखबर, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनिया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानबीच शिष्टाचार भेट भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भेट भएको हो। यस क्रममा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले जानकारी दिएका छन् ।

Advertisement:Prachanda-heiyan-meet

उपमन्त्री हैयान नेकपा माओवादी केन्द्र को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन्। नेपालमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस् :