जनयुद्धका ३ हजारलाई छिट्टै सहिद घोषणा गर्ने: प्रचण्ड

prachanda-janaudhha

तातोखबर, काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्ने बताएका छन् ।

सहिद प्रतिष्ठान नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्न मन्त्रीपरिषद्बाट निर्णय भएर राजपत्रका प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताएका छन् ।

Advertisement:prachanda-janaudhha

प्रधानमन्त्री प्रचण्डले सरकारले अझै पनि जनयुद्धका क्रममा बलिदान गर्नेहरुलाई सहिद बनाउने काममा छुटेका भए तत्काल सम्बोधन गर्ने बताए । आफूले तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका सहिदहरु नछुटुन् भनेर विशेष ध्यान दिएको पनि उनले बताए । सरकारले जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने कुरालाई उच्च प्राथमिकता दिएको प्रधानमन्त्री प्रचण्डले बताए ।

‘यहाँ छुट भएका केही म तपाईहरुलाई जानकारी गराउन चाहन्छु झन्डै ३ हजार छुट भएकाको सहिद घोषणा चाहिँ फेरि क्याबिनेटबाट निर्णय भइसकेको छ । गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ । र अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढिसकेको छ । त्यसो गर्दा अर्को ३ हजार छुट भएका सहिदहरु पनि राष्ट्रिय सहिदमा घोषणा, दर्ता भइनै सकेको छ । त्यहाँ अब हामी दुविधानमा बस्नुपर्दैन । ’उनले बताए ।

जनयुद्धको योगदानलाई कदर गर्न सरकारले सक्दो पहल गरिरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस् :