प्रधानमन्त्री प्रचण्डलाई अदालतको अवहेलना सम्बन्धी मुद्दा: फैसलाको पूर्ण पाठ

ताताेखबर, काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा राहत मिलेको छ।

सर्वोच्च अदालतले आज (आइतवार) सार्वजनिक गरेको अदालतको अवहेलना मुद्दासम्बन्धी फैसलाको पूर्ण पाठमा प्रचण्डले राहत पाएका हुन्।

Advertisement:

प्रधानमन्त्री प्रचण्डले शान्ति सम्झौताअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरामा पर्ने द्वन्द्वकालीन मुद्दाहरुमा धमाधम फैसला गरेर न्यायालयले शान्ति सम्झौताविरुद्ध नै भयानक षडयन्त्र गरेको र द्वन्द्वकालीन मुद्दाको फैसला आफूहरुले स्वीकार नगर्ने अभिव्यक्ति दिएका थिए ।

अदालतको आदेश र फैसला नमान्ने प्रचण्डको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ गते मुद्दा दायर गरेका थिए।

सर्वोच्च अदालतले आज फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै प्रचण्डको अभिव्यक्ति अवहेलनाजन्य कार्य भएको तथ्य प्रमाणित नभएको ठहर गर्दै मुद्दा नै खारेज गरिदिएको छ।

प्रचण्डले अदालतको अवहेलना गरेकोमा सजाय गरी पाऊँ भन्ने त्रिपाठीको निवेदनमा दावी नपुगेको पूर्णपाठमा उल्लेख छ। सर्वोच्च अदालतले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन ढिला भएको पनि बताएको छ।

द्वन्द्वकालीन मुद्दाको सन्दर्भमा अदालतले अहिलेसम्म न्यायिक संयमता अपनाइरहेको भन्दै संविधानसम्मत तवरबाट पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

प्रतिक्रिया दिनुहोस् :