आहा रारा पोखरा गोल्ड कप: पुलिस र चर्च ब्वाइज बिच प्रतिस्पर्धा हुँदै

aaha-rara-gold-cup-pokhara-tato-khabar-tatokhabar-football

ततोखाबर, पोखरा / आहा रारा पोखरा गोल्ड कपको २३औँ संस्करण अन्तर्गत आज हुने अन्तिम क्वार्टरफाइनल खेलमा  विभागीय नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबिच प्रतिस्पर्धा हुँदै छ।

गत माघ १२ गते भएको खेलमा पुलिसले अर्को विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै चर्च ब्वाइजसँगको भेट पक्का गरेको थियो।

Advertisement:aaha-rara-gold-cup-pokhara-tato-khabar-tatokhabar-football

पुलिसले एपीएफलाई पराजित गर्दा पुलिस अन्तिम आठसम्म आइपुगेको थियो। चर्च ब्वाइजले भने बाई पाएर सिधै पुलिससँग भिड्ने मौका पाएको हो।

आहा रारा पोखरा गोल्ड कपमा चर्च ब्वाइज र पुलिस क्लब भिड्न लागेको यो दोस्रो पटक हो। गत वर्ष भएको २२ औँ संस्करणको खेलमा पुलिस क्लबलाई चर्च ब्वाइजले पराजित गरेर क्वार्टर फाइनलमा प्रवेश गरेको थियो।

पुलिसलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज अन्तिम आठमा पुगेको थियो। पुलिस क्लब आहा रारा पोखरा गोल्ड कपका सुरुवातदेखि नै सहभागी हुँदै आएको टिम हो भने चर्च ब्वाइज गत २२ औँ संस्करणबाट भित्रिएको टिम हो।

गत संस्करणमा चर्च ब्वाइजसँग पराजित भएको पुलिस क्लब आहा रारा पोखरा गोल्ड कपको उपाधि दाबेदार टोली हो ।  २०५८ सालदेखि सुरु भएको आहा रारा पोखरा गोल्ड कपको तत्कालीन संस्करण ‘क्याराभान’ सहित २०५९, २०६४, २०६५, २०६६, २०७४ मा गरेर छ पटक आहा रारा पोखरा गोल्ड कपको उपाधि उचालेको टोली पुलिस हो।  यो टोली २०६१, २०६२ र २०७६ मा उपबिजेता बनेको थियो।

यसअघि थ्रीस्टार, जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी सेमिफाइनल पुगिसकेका छन्। आजको विजेता टोलीले माघ १८ गते त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस् :