अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण हुँदा तीन अमेरिकी सैनिकको ज्यान गयो

drone-attack

तातोखबर, काठमाडौं / सिरियाको सीमा नजिकै उत्तरपूर्वी  जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण हुँदा तीन अमेरिकी सैनिकको ज्यान गएको छ भने चौतीस जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सार्जेन्ट विलियम जेरोम रिभर्स, विशेषज्ञ केनेडी लाडोन स्यान्डर्स र विशेषज्ञ ब्रेओना एलेक्ससन्ड्रिया मोफेट रहेको अमेरिकी सरकारले जनाएको छ ।  तिनीहरू आवास इकाईमा ड्रोन ठोक्किएर मारिएको जनाइएको छ ।

Advertisement:drone-attack

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो हमलामा इरान समर्थित समूहको हात रहेको आरोप लगाएका छन्। अक्टोबर सात यताको इजरायल-हमास युद्धपछि यो हमला सबैभन्दा खतरनाक मानिएको छ ।

हमला अघि अमेरिकी सेनामाथि इराक र सिरियास्थित समूहले एक सय पचासभन्दा बढी आक्रमण गरेको छ।  जसमा कम्तीमा सत्तरी जना घाइते भएका छन्। जोर्डनमा सयौँ अमेरिकी सैनिक प्रशिक्षकका रूपमा तैनाथ छन् ।

प्रतिक्रिया दिनुहोस् :