शहीद विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत: प्रधानमन्त्री प्रचण्ड

तातोखबर, काठमाडौं  / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने शहीद विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत रहेको बताएका छन्।

शहीद दिवसका अवसरमा शुभकामना दिँदै उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदले देखेका सपना र लिएको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संकल्प गर्नुपर्ने बताए।

Advertisement:

शुभकामना सन्देशमा प्रधानमन्त्रीले इतिहासका विभिन्न कालखण्डमा शहादत प्राप्त गर्नेहरूलाई सरकारले राष्ट्रिय शहीद घोषणा गर्दै उनीहरूको सम्मान र परिवारको संरक्षण र अभिभावकत्वको पक्षलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे ।

प्रधानमन्त्रीले आफ्नो पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण आन्दोलनको बलमा नै वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्था प्राप्त भएको भन्दै वर्तमानमा प्राप्त उपलब्धिको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली हुने तर्क गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस् :