अङ्ग्रेजी भाषाको लामो शब्द उच्चारण गरेर नमूना बालिका बनिन् देव्यन्सी न्यौपाने

अष्ट्रेलिया, १७ माघ / अष्ट्रेलियाबासी नेपाली पत्रकार तथा फलाङ फुड डिक्सनरीका लेखक शिव न्यौपानेकी सुपुत्री देव्यन्सी न्यौपानेले ४ वर्षकै कलिलो उमेरमा अङ्ग्रेजी भाषाकै लामो शब्द उच्चारण गरेर नमूना बालिका बन्न सफल भएकी छिन् । देव्यन्सीले आङ्ग्रेजी भाषाको लामो शब्द ‘सुपरक्यालीफ्राजालिस्टिकएक्सपीअलिटसिस्’ Supercalifragilisticexpialidocious’ उच्चारण गरेकी हुन् ।

Advertisement:

देव्यन्सीले उच्चारण गरेको अङ्ग्रेजी शब्दकोषको उक्त लामो शब्दसहित रचना गरेको कवितालाई अमेरिकाको क्यालीफोर्निया राज्यबाट सञ्चालन हुदै आएको एक सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी क्याथीले देव्यन्सीको प्रतिभाको प्रशंसा गर्दै आफ्नो सञ्चारमाध्यममा समटेकी हुन् । देव्यन्सीको उक्त कविताबाट आफू निकै प्रभावित भएको भन्दै उनले यो समाचार सामाग्रीले देवन्सीलाई अझ बढी हौसला प्राप्त हुनेमा आफू विश्वस्त रहेको पनि ती आमसञ्चारकर्मीले उल्लेख गरेकी छिन् ।

अष्ट्रेलियामा जन्मिएकी नेपाली बालिका देव्यन्सीले नेपाली शब्द समेत प्रष्ट रुपमा बोल्ने र गीत एवं भजन गाउने गरेको विषयलाई अष्ट्रेलियामा बढो रोचक मान्ने गएिको उनका बुबा पत्रकार शिव न्यौपानेले तातोखबरलाई जानकारी दिएका छन् । छोराछोरीसहित विदेशमा रहेका नेपाली अभिभावकहरुले आफ्ना केटाकेटीहरुलाई आफ्नो मातृ भाषा सिकाएर राष्ट्रको गौरव बढाउन्ु पर्नेमा जोड दिदै पत्रकार शिव न्यौपानले भनेका छन् ‘विदेशमा बस्दै आएका नेपालीहरुले आफूसँग बसेका छोराछोरीलाई नेपाली भाषा सिक्न प्रेरित गर्नु पर्छ । यसले आफ्नो मातृ भाषा र राष्ट्रको गौरव बढाउन टेवा पुग्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस् :