पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबारदेखि लागु हुने गरी डिजेल, मटितेल, पेट्रोल र एलपी ग्यासको मूल्य बढाएको हो ।  निगमले पेट्रोल प्रतिलिटरमा चार रुपियाँ, डिजेल/मटितेल प्रतिलिटरमा दुई/दुई रुपियाँ र ग्यास प्रतिसिलिन्डरमा १५ रुपियाँ मूल्य बढाएको हो ।

इन्डियन आयल कर्पोरेसन   (आइओसी) ले बुधबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर चार रुपियाँ ५३ पैसा र ग्यास प्रतिसलिन्डर १५ रुपियाँ ७८ पैसा मूल्य बढेर आएकाले सोही अनुसार स्थानीय बजारमा मूल्य बढाएको निगमले जनाएको छ ।

Advertisement:

नयाँ मूल्य अनुसार बजारमा पेट्रोल प्रतिलिटर १७० रुपियाँ, डिजेल/मटितेल प्रतिलिटर १५८ र ग्यास प्रतिसिलिन्डर एक हजार ९१० रुपियाँ पुगेको छ । हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले निगमले सोही अनुसार आन्तरिक बजारमा मूल्य बढाएको जनाएको छ । दुई महिनादेखि अन्तर्राष्ट्रिय बजारमा घट्दै आएको पेट्रोलियम पदार्थको  मूल्य अहिले आएर बढ्न गएको हो ।

प्रतिक्रिया दिनुहोस् :