सर्वाेत्तम संचितिको पाँचाैँ स्थापना दिवस

हेटौंडा – हेटौंडा – ८ स्थित सर्वोत्तम संचिति बचत तथा ऋण सहकारी संस्थाको पाँचौ स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ।संस्थाका अध्यक्ष रामबहादुर बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी लामाले समाजको आर्थिक क्रियाकलापमा सहकारी क्षेत्र नजिक रहने हुँदा आर्थिक कमजोरी भएकाहरुलाई उत्पादनसँग जोडी आर्थिक वृद्धिमा सहकारी क्षेत्रको योगदान रहने बताए ।
सहकारीमा देखिएको विकृतिले समस्या उत्पन्न हुँदै गएको बताउदै प्रदेश सरकारले समस्याग्रस्त भएका सहकारीहरुको अवस्था बुझ्न र अनुगमन गर्न एक समिति गठन गरी कार्य अघि बढाइसकेको उनले बताए । सहकारीले मिटरव्याजीको जस्तो कार्य गरेमा कानुनी दायरा ल्याइने भन्दै सहकारी मार्फत नै अर्थतन्त्र चलायमान हुने विश्वास दिलाए ।

Advertisement:

स्थापना दिवसको अवसरमा संस्थाले सल्लाहकारतर्फ रघुरमण न्यौपाने, वडा अध्यक्ष रामकृष्ण थापा, पुष्पराज थापा, धरम सिंह बोहोरा, रामकृष्ण थापा, मनोहर दाहाल, टीका प्रसाद कंडेल, राधाकृष्ण मैनालीलाई सम्मान गरिएको थियो । त्यस्तै ऋण उपसमिति सदस्य सुनिल कर्माचार्य र संगीता अधिकारी, उत्पादन उपसमिति सदस्य प्रेमनाथ अधिकारी र टीका न्यौपाने, समूह परिचालन उपसमिति शारदा खड्का थापा र कविता केसी,  शिक्षा उपसमिति सदस्य दीक्षा रेग्मी,  यूवा परिचालन उपसमिति सदस्य एलिस जमरकट्टेल र प्रकाश प्रसाद देवकोटालाई गरिएको थियो ।

कार्यक्रममा हेटौंडा ८ का वडाध्यक्ष रामकृष्ण थापा, वडा ७ का अध्यक्ष दामोदर गौतम, संस्थाका सल्लाहकार रघुरमण न्यौपाने, नारायणी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जंगबहादुर गुरुङ, सल्लाहकार रामकृष्ण थापा, लगायतको आतिथ्यता रहेको थियो ।

सहकारीले आफ्नै मिल उद्योगबाट सर्वोत्तम ब्राण्डका तोरीको तेल, ब फापरको पिठो, ग्रीन टि, बाटेको धुप लगायत विभिन्न सामाग्रीहरु उत्पादन गरी  बिक्री गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस् :