माघ २१ गतेदेखि रास्वपाको दबाब यात्रा

rastriya-swatantra-party-rsp-office

तातोखबर, काठमाडौँ / रास्वपाले यही माघ २१ गतेदेखि नेपालको विकास आयोजनाहरुमा दबाब यात्रा सुरु गर्ने भएको हो ।

माघ २१ मा सभापति रवि लामिछानेले मेलम्ची खानेपानीको आयोजनाबाट दबाब यात्राको सुरुवात गर्नेछन् । पहिलो दिनको दबाब यात्रामा सबै सांसद र केन्द्रीय नेताहरु सहभागी हुनेछन् ।

Advertisement:rastriya-swatantra-party-rsp-office

यस्तै, माघ २२ देखि संसद अधिवेशन सुरु हुने भएकाले रास्वपाले अरु आयोजनाको दबाब यात्राको मिति भने तोकिएको छैन । तर, दबाब यात्रा गर्ने आयोजना र सांसदहरुको नाम भने टुंग्याएको रास्वपाले जनाएको छ ।

दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस् :