सशस्त्र प्रहरी बलका डीएसपी अश्लील भिडियो खिचेको आरोपमा पक्राउ
काठमाडौँ / सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसीलाई प्रहरीले पक्राउ गरेको छ । उनि पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत रहेका छन् । केसीलाई स्वयम्भूबाट पक्राउ गरिएको हो ।
डीएसपी केसीलाई प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । उनीमाथि स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोप रहेको छ ।