लुयानको एक्सचेन्ज अफरप्रति उपभोक्ताहरु आकर्षित

काठमाडौं, १२ फागुन / ‘देशको उर्जा, देशमै खपत अभियान’ को नारा लिएर विगत ५ बर्षदेखि विद्युतीय स्कुटर नेपालमा विक्री गर्दै आईरहेको लुयानले विहिवारदेखि सञ्चालन गरेको एक्स्चेञ्ज अफरमा उपभोक्ताहरुको आकर्षण बढ्दै गएको पाईएको छ । ‘जिरो इमिसन राइड (एन)’ ले सञ्चालन गरेको चीनमा निर्मित गुणस्तरीय र प्रशिद्ध ब्राण्ड ‘लुयान’ का विद्युतीय स्कुटरहरुको एक्स्चेञ्ज अफरप्रति उपभोक्ताहरु आकर्षित देखिएका हुन् ।

नेपालमा आधिकारिक रुपमा हुदै आएको लुयानका विद्युतीय स्कुटर बिक्रिवितरण तथा बिक्रिपछिको सेवा दिँदै आइरहेको जिरो इमिशन राईड(एन) ले राजधानीका ३ वटै जिल्लाहरु लगायत राजधानी बाहिरका विभिन्न प्रमुख शहरहरुमा रहेका डिलरहरु मार्फत लुयान ब्राण्डका स्कुटरहरुको बिक्रिवितरण र बिक्रिपछिको सेवाको व्यवस्था मिलाएको बताएको छ । संस्थाका हेड सेल्स एण्ड मार्केटिङ अधिकारी शङ्कर शर्माका अनुसार लुयानले फागुन १० गतेदेखि लागु हुनेगरी लुयान एक्सचेन्ज अफर सञ्चालनमा ल्याएको हो ।

Advertisement:

लुयानका कुनै पनि मोडेलका विद्युतीय स्कुटर खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै यो अफर सञ्चालन गरिएको बताउँदै शर्माले भनेका छन् ‘नयाँ र विद्युतीय सवारीसाधन खरिद गर्न चाहने तर आफुसँग भएको पुरानो बाइक वा स्कुटरलाई कता बेच्ने भन्ने समस्या भएका ग्राहकलाई यो अफरले सहज बनाउने हामिले विश्वास लिएका छौं ।’

उनले अगाडि भने, ‘अहिले बजारमा देखिएको आर्थिक विषमताले गर्दा पुराना बाइक वा स्कुटर खरिदमा आएको कटौतीको बारेमा त सबैलाई अवगत नै छ । जसको कारणले पुराना सवारीसाधनको मुल्याङ्कनमा आएको गिरावटलाई ध्यानमा राख्दै हामिले यस अफर मार्फत थप १५ हजार रुपैंयासम्म अतिरिक्त मुल्यांकन गर्दछौं । जसको कारणले पुरानो सवारीसाधनमा ग्राहकले आफुले आशा गरेअनुरुपको मुल्य पाउने सम्भावना रहनेछ ।’

संस्थाका हेड सेल्स एण्ड मार्केटिङ अधिकारी शंकर शर्माले उक्त अफरको बारेमा थप जानकारी दिदै भनेका छन् ‘यसका अलावा नयाँ लुयान स्कुटर खरिद गर्ने ग्राहकका लागि सधैं झैं चालु आर्थिक बर्षको कर तथा एउटा प्रिमियम हेलमेट निःशुल्क दिनेछौं । यो स्किम हाम्रो मुख्य शोरुम नागपोखरी, काठमाण्डौं लगायत हाम्रा अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिनेछ ।’

लुयान ब्राण्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुने भएकोले स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुने उनको भनाई छ । यसका साथै लुयानका स्कुटरहरुमा रन फ्ल्याट टायरको प्रयोग गरिएकोले टायर पन्चर भएर त्यसमा हावा कत्ति नभए पनि करिब ४० देखि ५० किलोमिटरसम्म चलाउँदा पनि रिम र टायरमा असर नपर्ने उनको दावी छ ।

लुयानका स्कुटरहरुमा ओरालोमा चलाउँदा आफै बेटी चार्ज हुने रिजेनरेटिभ ब्रेकिङ्ग लगायत अत्याधुनिक प्रविधियुक्त कम्पोनेन्ट तथा फंक्सनहरुको प्रयोग भएको हुनाले पनि विश्वबजारमा जस्तै नेपालमा पनि यसको विश्वास बढ्दै गइरहेको कम्पनीले जाकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस् :