त्रिदेशीय शृंखलामा नेपालको नेदरल्यान्ड्सविरुद्ध खराब प्रदर्शन

nepali-cricket

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ।

भीम सार्की ८ बल खेल्दै शून्यमा आउट भएका हुन्।

Advertisement:nepali-cricket

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ८ दशमलव ३ ओभरमा ओपनर आसिफ शेखलाई गुमाएको थियो।

आसिफ १७ रन बनाउँदै पेभिलियन फर्किए। त्यसपछि ब्याटिङमा आएका अनिल साह पनि व्यक्तिगत ६ रन जोड्दै वियिन किङ्माको बलमा बोल्ड आउट भए। शेख पनि किङ्माकै बलमा क्याचआउट भएका थिए।  त्यसपछि ब्याटिमा आएका कुशल मल्ल २ रन बनाउँदै पेभिलियन फर्किए।  यस्तै, रोहित पौडेल ३९ बलमा १६  रन बनाएर आउट भएका हुन् भने दिपेन्द्रसिंह ऐरी ११ बलमा १ रन बनाउँदै रन आउट भएका हुन्।

जारी खेलको २९ ओभरको समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर ९४ रन बनाएको छ।

प्रतिक्रिया दिनुहोस् :