त्रिकोणात्मक टी-२० आई : दोस्रो खेल आज नेपालले नेदरल्याण्ड्स संग खेल्दै

तातोखबर, क्रिकेट / त्रिकोणात्मक टी-२० आई श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा बुधबार नेपालले नेदरल्याण्ड्स संग खेल्दैछ।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ११ बजे शुरु हुनेछ।

Advertisement:

पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २-० रनले पराजित भएको थियो। नेपाललाई फाइनल पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ।

नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म टी-२० आईमा ९ खेल भएका छन्। दुवैले समान चार खेलमा जित र हार व्यहोरेका छन्। एक खेल रद्द भएको थियो।

प्रतिक्रिया दिनुहोस् :