अमेरिकी जनताको समर्थन हमासविरुद्ध जित निकाल्न सहयोगी सिद्ध हुने

biden-netanyahoo

तातोखबर / इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी जनताको समर्थन हमासविरुद्ध पूर्ण जित निकाल्न सहयोगी सिद्ध हुने दाबी गरेका छन्।

गाजाको युद्धलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले विश्वभरबाट समर्थन गुमाउँदै गएको टिप्पणी गरेपछि नेतन्याहूले यस्तो जवाफ दिएका हुन्।

Advertisement:biden-netanyahoo

एक सर्भेलाई हवाला दिँदै प्रधानमन्त्री नेतन्याहूले ८० प्रतिशतभन्दा बढी अमेरिकी नागरिक गाजामा भइरहेको युद्धलाई लिएर इजरायलको समर्थनमा रहेको दाबी पनि गरे।

गत सोमबार राष्ट्रपति बाइडेनले अर्को सोमबारसम्म  गाजामा इजरायल र हमासबीच युद्धविराम हुने आशा अमेरिकाले राखेको बताएका थिए। इजरायल आफैँले भने युद्धविराम नचाहिरहेको अधिकारीहरूले जनाएका छन्।

इजरायलले गाजा पूर्णरूपमा हमासमुक्त बनाउने र नयाँ प्रशासनसहितको शहर बनाउने योजनामा जुटेको छ।

 

प्रतिक्रिया दिनुहोस् :