बकैया गाउँपालिकामा आज शोक विदा

मकवानपुर – मकवानपुरको बकैया गाउँपालिकाले आज शोक विदा दिएको छ ।बकैया ७ का वडा सदस्य रामकुमार तितुङको बुधबार भएको असहमाहिक निधनपछि गाउँपालिकाले सूचना जारी गर्दै आज शोक विदा दिने जानकारी गराएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी गरिएको सूचनामा गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरुमा आज शोक विदा दिइएको उल्लेख छ ।

Advertisement:

४० वर्षीय वडा सदस्य तितुङको बिजुलीको पोल ढलेर लाग्दा मृत्यु भएको हो । मंगलबार दिउँसो साढे १ बजेको समयमा आफ्नै घर अगाडी हिडिरहेको अवस्थामा एक्कासी बिजुलीको पोल ढली लाग्न गई उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस् :