महानगर प्रमुख बालेन्द्र साहलाई मानसिक पीडा दिएको आरोप (स्टाटस जस्ताको त्यस्तै)
तातोखबर, काठमाडौं / काठमाडौँ महानगर प्रमुख बालेन्द्र साहलाई मानसिक पीडा दिएको आरोप लागेको छ। महानगरकी वरिष्ठ कानुन अधिकृत शस्मिता घिमिरेले दिनभर बाहिर राखी मानसिक उत्पीडन गरेको आरोप लगाएकी छिन् ।
सामाजिक सञ्जाल मार्फत उनले लामो स्टाटस लेख्दै भनेकी छिन्:
(उनको स्टाटस जस्ताको त्यस्तै)
म काठमाडौँ महानगरको वरिष्ठ कानुन अधिकृत (आठौं तह)कानुन समुहको कर्मचारी, लोकसेवाले लिएको स्थाई परीक्षा पास गरेर सेवामा प्रवेस गरि परिक्षणकाल सकेर बिगतमा जनसेवा गरेको कर्मचारी हो। एक रास्ट्रसेवकको नाताले जनताको सेवा गर्न पाउनु मेरो अधिकार हो। बिगत लामो समय देखि मेयर बालेनको प्रशासनमा बिना कारण र आधार किन कार्यजिम्मेवारी बिहिन बनाएको हो?? सो जान्ने बुझ्ने मौका समेत नदिई कामबिहिन बनाएर कार्यालय जाँदा बस्ने कुर्सी टेबल समेत नदिई कामै गर्न नदिएर राखिएको ले बाध्य भै आफ्नो कानुनी र पेसागत हक,अधिकारको लागी बाहिर निस्कन परे को हो। आफैले कर्मचारीलाई right man in right place अनुसार कार्य जिम्मेवारी दिई काममा लगाउनु पर्नेमा कर्मचारीलाई पुर्बाग्रह राखी कार्यालय जाँदा बस्ने ठाउँ समेत नदिई स्थाई कर्मचारीलाई कामै गर्न नदिनु कति न्यायोचित होला?? म क्यान्सर सर्भाईभर बाचुन्जेल रास्ट्रको सेवा गर्छु,काम गर्छु, काम गर्न सक्षम छु मेरो स्वास्थ्य सम्बेदनसिलता समेतलाई ध्यान दिएर हतोत्साही नगराउन र कार्य जिम्मेवारी दिन भनेर बारम्बार प्रमुख प्रशासकीय अधिकृत ,कामपा प्रशासन प्रमुख महेश काफ्ले, दीपक अधिकारी सर , प्रशासन महाशाखा प्रमुख सरिता राई ज्यू सँग गएर पटक पटक अनुनय बिनय गर्दा अहिले कामै गर्न नदिने भन्ने जानकारी पाए। सो कुरा उपमेयर ज्यू र प्रवक्ता नवीन मानन्धर ज्यू समक्ष पनि राखेको थिए। संस्थामा काम गर्न नदिने भए मलाई अन्य ठाउँमा काम गर्ने स्वीकृति दिनुहोस् भनी निवेदन दर्ता गर्दा त्यो पनि नदिने भनेर प्रमुख प्रशासकीय अधिकृतले फायल कार्यपालिकामा लैजान रोक्नु भयो ! मलाई काम गर्न किन नदिएको त्यसको लिखत जबाफ दिनुहोस् भन्दा त्यो पनि आजसम्म दिइएको छैन। तलब दिएको छ घरमा टिकटक बनाएर बस्नु होस भन्ने जबाफ सो भन्दा अगाडि प्रशासन प्रमुखबाट पाएको थिए। अहिले कामपामा कानुनमा दरबन्दी खाली राखिएको छ। कानुनमा काम गर्न मोटो रकम दिएर आफ्ना नजिकका वकिलसाबको जम्बो टोली मेयरले करारमा नियुक्ती गर्नु भएकोछ। जस्को प्रशासनिक खर्च वार्षिक लाखौं हुन्छ। आफ्नो स्थाई कर्मचारीचारिको स्वास्थ संबेदनसिलतालाई समेत ध्यान नदिई दिनभर बाहिर राखी मानसिक टचर र महिला कर्मचारी भएको नाताले कार्यलयगत हिंसा गर्नुको कारण के होला? मानवताको नाताले उत्प्रेरित गरि कार्य गर्न दिनुको बदला मनोबल गिराएर , त्यही काम गराउन करारमा जम्बो टोली कानुनी सल्लाहकार नियुक्ति गर्नु कति जायज होला?? मलाई अदालत हेर्ने सानो जिम्मेवारी दिनुहोस् भन्दा समेत नदिई करार जुनियर वकिलबाट प्रशासनिक खर्च बढाएर गरिएको कार्यको लेखा जोखा एकदिन पक्कै जनताबाट होला। सबैलाई रोजगारी दिने मेयरले आफ्नै कर्मचारीलाई दरबन्दी खाली राखेर, बेरोजगार बनाएको पक्कै बुझ्ने निकाय होला। कुनै कर्मचारी लाई ३0 बर्ष सम्म एउटै सेवामा एकै कुर्सीमा दरबन्दी नहुँदा पनि प्रशासन सुधारका नाममा राखी राख्ने र कुनै कर्मचारीलाई लामो समय देखि आफूभन्दा २ तह जुनियरको मातहतमा हाजिर गराएर कामै गर्न नदिने नियत पक्कै बुझ्ने कोहि त प्रशासक आउनु होला। दरबन्दी नभएको ठाउँमा मलाई आफू भन्दा २ तह जुनियरको मातहतमा हाजिर गराएर राखिएको छ त्यो नै क्यान्सर पीडित महिला कर्मचारीलाई दिने ठूलो मानसिक यातना हो। दिनभर कार्य नगरी भर्याङमा बस्न वा घरमा बस्न बाध्य पारिएको छ। घरमा बस्दा अफिसबाट छड्के हुने र जागीरबाट नै बर्खास्त गर्ने डर त्रास रहेको छ।अहिले काठमाडौ महानगरमा कर्मचारी हरेक दिन यस्तै कार्यले पिडित बन्दै गएका छ्न। प्रसासनमा चरम राजनीतिकरण हुँदा सानोतिनो त्रुटी गल्ती कमी कमजोरी हुनसाथ सामान्य सजाय नगरि एकै पटक जागिरै खाइदिने डर , त्रासले ठूलो आतंक सिर्जना भएको छ। संस्थाका स्थाई कर्मचारीको विश्वास नगरि कर्मचारीलाई जिम्मेवार बिहिन बनाएर दरबन्दी खाली राखेर, कर्मचारीको मनोबल गिराउने कार्य निन्दनीय छ। यस्तो अन्याय अत्याचारको विरुद्ध आवाज उठाउन, कर्मचारीलाई बिना दबाब कार्य गर्न दिने वातावरण सिर्जना गर्न,right Man in right place को मान्यतालाई सुनिश्चित गर्न, सबै कर्मचारी संघ संगठन र अन्य जनप्रतिनिधि समेतको साथ सपोर्टमा आफ्नो पेसागत हकहित सुनिश्चित गर्ने वातावरण तयार गर्न आन्दोलन गर्न बाध्य बनाइएको छ। कुनै कर्मचारीलाई ३ महिना भन्दा बढी समय जिम्मेवारी नदिई राखेमा विभागीय कारबाही समेत हुने कानुनी व्यावस्था रहेको हुँदा। दरबन्दी खाली राखेर स्थाई कर्मचारीलाई कामै गर्न नदिइ। कार्यालय जान नै रोक लगाई मोटो रकम दिएर अन्य आफ्ना करार कर्मचारी भर्नागरी संस्थालाई घाटा र आफूलाई नाफा पुर्याउने उद्देश्यले काममा लगाउनुको कारण र जबाफ सहितको सूचना पाउने र सम्बन्धित निकायमा जान पाउने मेरो अधिकार संविधानले दिएको हुँदा सो सहित म जस्तै अन्य कर्मचारीलाई परेको अन्यायको विरुद्ध कानुनी र पेसागत आवाजको लागि आजै देखि लाग्न बाध्य भइयो जय रास्ट्र सेवक।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु