साफ यु–१६ महिला च्याम्पियनसिप: नेपाल पराजित

u-16-footballl-teem-nepal-woman

तातोखबर, ललितपुर / साफ यु–१६ महिला च्याम्पियनसिप फुटबलको आज आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिवार सम्पन्न भएको खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको हो।

बंगलादेशका लागि दुबै गोल सौरभी प्रीतिले गरेकी थिईन । उनले खेलको २५औँ मिनेटमा पहिलो गोल गरेकी थिइन् भने दोस्रो गोल पेनाल्टीमार्फत गरिन्।

Advertisement:u-16-footballl-teem-nepal-woman

खेलका ३१औँ मिनेटमा नेपालकी गोलरक्षक झरना डुम्राकोटीले अल्पी अख्तेरलाई पेनाल्टी बक्सभित्र फल गरेपछि बंगलादेशले पेनाल्टीको मौका पाएको थियो।

यसअघि शुक्रवार भएको उद्घाटन खेलमा भारतले भुटानलाई ७–० ले हराएको थियो। नेपालले २१ फागुनमा भुटानसँग र २४ फागुनमा भारतसँग खेल्ने तालिका छ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधीका लागि फाल्गुन २७ गते आफ्नो खेल प्रदर्शन गर्ने छन्।

प्रतिक्रिया दिनुहोस् :