मनहरीमा पिकअपको ठक्करबाट अधिकारीको मृत्यु

तातोखबर,  हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका वडा नं.९ ज्यामिरेमा शनिबार बिहान पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी ९ का ५० को सिताराम अधिकारी रहेका छन् ।

पुर्वपश्चिम सडकखण्ड अन्तर्गत हेटौंडातर्फबाट वुटवल तर्फ जादै गरेको लु २ च ७३२७ नम्बरको पिकअप गाडीले अधिकारीको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको हो । उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

Advertisement:

पिकअप गाडी चालक नवलपरासी वर्दघाट नगरपालिका १२ चौपट्टा वस्ने वर्ष २० वर्षिय मनोज भुसाल र सवारी साधन इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस् :