बसले ठक्कर दिँदा ट्राफिकका सई घाइते

काठमाडौं / काठमाडौंको कोटेश्वरमा आइतबार ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिँदा घाइते भएका छन् ।

प्रदेश ३ –०१००५ ख ९७५५ जुनेली यातायातको बसले ठक्कर दिँदा ट्राफिक प्रहरीका सई टोपबहादुर खत्री घाइते भएका हुन् ।

Advertisement:

कोटेश्वरबाट बालकुमारी जाने क्रममा बसले ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको माइतीघरस्थित अन्नपुर्ण न्युरो अस्पतालमा आइसीयुमा राखेर उपचार भइरहको छ ।

ठक्कर दिने बस चालक नवराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् :