सशस्त्र प्रहरीका डीएसपी मृत फेला

death-photo

तातोखबर, मोरङ / मोरङमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) उपेन्द्र बस्याल मृत भेटिएका छन्।

सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काले बस्याल मृत भेटिएको पुष्टि गरेका छन्।

Advertisement:death-photo

बस्याल जिल्लाको धनपालथान गाउँपालिका ३ स्थित गुल्मका प्रमुखका रुपमा कार्यरत थिए।

उनको आफ्नै क्वार्टरमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको छ। घटनाको अन्य कारण बारे केहि खुलेको छैन। स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :