म्याग्दी उद्योग वाणिज्य संघमा नयाँ कार्य समिति चयन

new_padadhikari-myagdi-udhyog-banijjya-shang

तातोखबर, म्याग्दी / म्याग्दी उद्योग वाणिज्य संघको ३० औँ वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनले बेनीका व्यवसायी सुविन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ।

शनिबार सुरु भएको अधिवेशन आइतबार राति नयाँ नेतृत्व चयन गर्दै समाप्त भएको थियो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य, प्रथम उपाध्यक्षमा लीलाराम गौतम, द्धितीय उपाध्यक्षमा अमित बानियाँ र महासचिवमा नारायण जिसी सर्वसम्मत रुपमा चयन भएका हुन्।

Advertisement:new_padadhikari-myagdi-udhyog-banijjya-shang

त्यसैगरी, कोषाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा मोतीलाल पौडेल, सहसचिवमा टेकप्रसाद सापकोटा र सहकोषाध्यक्षमा ताराप्रसाद आचार्य (बाबुराम) चयन भएका छन्।

अन्य सदस्यहरु पनि सहमतिबाट टुंगो लागेको निर्वाचन समितिका अधिकृत यामबहादुर चोखालले जानकारी दिए। संघमा निवर्तमान अध्यक्षसहित ३७ सदस्यीय कार्यसमिति हुने व्यवस्था रहेको  छ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा समग्र जिल्लाका उद्योगी, व्यापारीहरूको हकहितमा विभिन्न रचनात्मक कार्यहरु गर्ने प्रतिबद्धता जनाएका छन्। उनले तीन वर्षे कार्ययोजना बनाएर कृषि, पर्यटन, जलविद्युत्, जडीबुटी लगायतका क्षेत्रमा लगानी भित्र्याउन महासंघमार्फत निजी क्षेत्रलाई आकर्षित गरिने बताएका छन् ।

उनले म्याग्दीमा लगानीको वातावरण बनाउन लगानी सम्मेलन गर्ने, अलपत्र पूर्वाधारहरुलाई गति दिने, पूर्वाधारमैत्री वातावरण बनाउने र जिल्लाबाट हुने बसाइँसराइ रोकी व्यवसायीहरुलाई चलायमान गराउने खालका कार्यक्रम ल्याइने बताए।

अधिवेशनको शनिबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्राद ढकालले उद्घाटन गरेका थिए।

प्रतिक्रिया दिनुहोस् :