जमेको नदिमाथि सुरक्षित विमान अवतरण

polar-airlince

तातोखबर / रुसमा पोलार एयरलाइन्सको एउटा जहाज पाइलटको गल्तीका कारण कोलिमा नदीमाथि अवतरण भएको छ।

यो घटना सन् २०२३ को डिसेम्बर २४ को हो। विमानमा चालक दलका ४ सहित ३० यात्रु रहेका थिए। चालकको गल्तीका कारण विमान नदीमा अवतरण गरेको थियो। विमानमा भएका  यात्रीको भाग्य बलियो रहेछ। किनभने जहाज अवतरण भएको उक्त नदी चिसोका कारण पूर्ण रूपमा जमेको थियो।

Advertisement:polar-airlince

यस घटनाले विमानमा कुनै पनि क्षति पुगेको छैन र कसैलाई पनि चोटपटक पनि लागेन। रुसी एयरलाइन्सका अनुसार उक्त जहाज याकुत्स्क–जायर्यंका–स्रेडनेकोलिम्स्क रुटमा उडेको थियो । ‘एन्टोनोभ २४ फ्लाइट’ को सो विमानले याकुतिना क्षेत्रमा जिर्यंका विमानस्थलमा अवतरण गर्नुको साटो नदीमै अवतरण गर्‍यो ।

पोलार एयरलाइन्सका अनुसार उक्त घटनामा चालकदलका सदस्यको गल्तीका कारण विमान रनवेको साटो जमेको नदीमाथि अवतरण भएको हो।

प्रतिक्रिया दिनुहोस् :