नेपाल नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै

nepali-cricket

तातोखबर, क्रिकेट / त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा आज नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । लिग चरणमा दुवै टिमले दुई खेलमा जित दर्ता गरेर फाइनल यात्रा तय गरेका हुन्। लिगको अन्तिम खेल भने वर्षाले प्रभावित बनेपछि पाँच अंकसहित लिग चरणको शीर्ष स्थानमा रहेर नेदरल्याण्ड्स फाइनल पुगेको थियो।

Advertisement:nepali-cricket

घरेलु मैदानमा एक वर्षअघि एसीसी प्रिमियर कपको उपाधि जितेको नेपालले त्यसयता दुई उपाधिको अवसर गुमाएको छ।​ नेदरल्याण्ड्सलाई नेपालले पछिल्लो समय लिग ट’मा नौ विकेटले हराएको छ भने जारी सिरिजमा ६ विकेटले हराइसकेको छ।

प्रतिक्रिया दिनुहोस् :