लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलन स्थगित

lumbini-province

तातोखबर, काठमाडौं /  लुम्बिनी प्रदेशमा  फागुन २८ र २९ हुने भनिएको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तराष्ट्रिय चौथो शिखर सम्मेलन’ स्थगित गरिएको छ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्मेलन स्थगितसम्बन्धी औपचारिक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

Advertisement:lumbini-province

सम्मेलन स्थगितसम्बन्धी मन्त्रिपरिषद्को बैठकले औपचारिक निर्णय गर्न लागेको हो।

मुख्यमन्त्री चौधरीले संघीय सरकारमा राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनीको शिखर सम्मेलन पनि स्थगित गर्ने अवस्थामा पुगेको बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारको असोज १८ गतेको निर्णय र संघीय सरकारको कात्तिक २ गतेको निर्णय अनुसार लुम्बिनी प्रदेश सरकारले यही फागुन २८ र २९ गते ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एण्ड लिडर्स अन्तराष्ट्रिय चौथो शिखर सम्मेलन’ गर्न लागेको थियो। सम्मेलनमा सम्मेलनमा ९ जना नोबेल पुरस्कार बिजेतासहित विभिन्न देशका राष्ट्र प्रमुख, पूर्व प्रधानमन्त्रीसहित १८ जना विशिष्ट अतिथि आउने तय भएको थियो।

प्रदेशका प्रतिपक्ष र सत्तापक्ष दलको असन्तुष्टि र राजनीतिक घटनाक्रम फेरिएपछि मुख्यमन्त्री चौधरी पनि सम्मेलन गर्नेमा अनिच्छुक देखिएका छन् ।

लुम्बिनी प्रदेश सरकारले सम्मेलन गर्नका लागि चालु आवको नीति कार्यक्रमबाटै घोषणा गरेर ६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गर्दै प्रदेशसभाबाट पारित गरेको थियो।

प्रतिक्रिया दिनुहोस् :