माओवादीसँग आक्रामक बनेको कांग्रेस लुम्बिनी प्रदेशमा नरम बन्दै

तातोखबर, रुपन्देही / गण्डकी र सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार नेकपा माओवादीसँग आक्रामक बनेको नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा नरम शैली अपनाएको देखिएको छ । गत वैशाख १४ मा माओवादीसहितका ८ दलको नेतृत्वमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पछिल्लो घटनाक्रमबारे छलफल गर्न आज दिउँसो क्याविनेट बैठक डाकेका थिए ।
चौधरीले गरेको प्रयासमा प्रदेश सरकारले लुम्बिनीमा आयोजना गर्न लागेको शिखर सम्मेलन स्थगित भएपछि तनावमा रहेका उनी सोमबार दिनभर काठमाडौं बसेर देउखुरी फर्किएका छन् । उनीनिकट मन्त्री रोज राणाले अरु प्रदेशमा जे भएपनि लुम्बिनीमा माओवादीका मन्त्री हटाउने विषयमा हाललाई केही निर्णय नभएको बताए ।
मंगलबारको बैठकले प्रदेश सरकारले लुम्बिनीमा गर्न लागेको शिखर सम्मेलन हाललाई स्थगित गर्ने र बदलिँदो परिस्थितिअनुसार सरकार सञ्चालन गर्ने निर्णय भएको मन्त्री रोज राणाले जनाए । मंगलबारको बैठकमा मुख्यमन्त्रीसहित ७ जनाको सहभागीता रहेको थियो । माओवादीबाट मन्त्री बनेका अर्थमन्त्री धनबहादुर मास्की गएका थिए भने नमूना केसी उपस्थित थिइनन् । माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित चौधरीले केन्द्रको निर्णयअनुसार अगाडि बढ्ने भएपनि तत्काल सरकारबाट नबाहिरिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस