असहयोग गरेर गठबन्धन तोड्नुपरेको भन्ने कुरामा कुनै सत्यता छैन: काँग्रेस
तातोखबर, काठमाडौँ / नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेसले असहयोग गरेर गठबन्धन तोड्नुपरेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइमा केहि सत्यता नरहेको बताएका छन्।
मंगलवार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकलगत्तै सञ्चारकर्मीसँग कुरागर्ने क्रममा उनले सो प्रतिक्रिया दिएका हुन्। प्रवक्ता महतले कांग्रेस र कांग्रेसका मन्त्रीहरुले असहयोग गरेर गठबन्धन परिवर्तन गर्नुपरेको भन्ने प्रधानमन्त्री दाहालको भनाइलाई आफ्नो पार्टीले ठाडै अस्वीकार गरेको बताएका छन् ।
आफूहरुलाई बहाना बनाएर प्रधानमन्त्री दाहालले गठबन्धन परिवर्तन गरेको उनले बताए । महतले आफूले प्रधानमन्त्री दाहालकै निर्देशन अनुसार आगामी आर्थिक वर्षको बजेटको सिलिङ तोकेको पनि बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु