प्रभु बैंकका सिईओले आफ्नै कर्मचारी थुनाएको आरोप

ashok-sherchan-ceo-prabhu-bank-loan-case-tatokhabar-tato-khabar-breaking-news

तातोखबर, काठमाडौं / प्रभु बैंकका सीईओ अशोक शेरचनले सिनियर डेप्यूटी सीईओ मनोज न्यौपानेसहित १० जना कर्मचारीहरूलाई थुनाएको आरोप लागेको छ । शेरचनले धमाधम आफ्नो आफन्तको नाममा ऋण प्रवाह गरेपछि सेन्चुरी बैंकबाट आएको समुहले आपत्ति जनाएको थियो । उक्त विषयमा विवाद बढ्दा सबै कुरा छताछुल्ल भएको हो । शेरचनले सुरक्षित अवतरण खोज्दा सेन्चुरीबाट आएको समुहमात्र सीआईबीको जालमा परेको छ ।

विवाद बढ्दै जाँदा आफ्नो कर्तुत पनि बहिरीने डरले शेरचनले चाल चलेको स्रोतले बताए । सेन्चुरीसँग मर्जर पछि शेरचनलाई कमसल धितोमा ऋण प्रवाह गरेको थाहा थियो । उनले त्यो बेला कुरा उठाउन सक्थे ।

Advertisement:ashok-sherchan-ceo-prabhu-bank-loan-case-tatokhabar-tato-khabar-breaking-news

खासमा प्रभुमा सेञ्चुरी गाभिनु अघि सेञ्चुरीमा भएको ऋण प्रवाहमा अनियमितता भेटिएपछि नेपाल राष्ट्र बैंकको निरन्तर निगरानीमा रहेको प्रभु बैंकको देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईसँगको सेटिङमा प्रभाह भएको ऋणको सम्बन्धमा छानविन गर्न सिआईबीले पक्राउ गरेको थियो । उत्त घटनाको फलस्वरुप सेन्चुरी समुह मात्र पक्राउ परेका हुन् ।

उक्त मुद्दा राष्ट्र बैंकको सुपरिवेक्षणमा किन भेटिएन ? यसले राष्ट्र बैंकको क्षमता माथि नै प्रश्न उठेको छ । प्रभु बैंकको ताजा बैंकिङ्ग कसुर मुद्दा ओझेलमा पारि पुरानो मुद्दाको मात्र फाईल खोलाउन शेरचनले धेरै पात्रलाई आफ्नो तर्फ पारेको हुनसक्ने जानकारहरु बताउँछन् ।

शेरचनमाथि आफ्नै ससुरा तथा एमालेका समानुपातिक सांसद देवीप्रकाश भट्टचनको जानकी मेडिकल कलेजमा अस्वभाविक ऋण अपचलन गरेको आरोप सेन्चुरी समुहको थियो । झण्डै ६ करोड रुपैयाँ ससुराको मेडिकल कलेजमा लगानी गरेको विषयमा मुद्दा दायर भएपछि सेन्चुरी तर्फका संचालकले विरोध गरेका थिए । देवीप्रकाश भट्टचन प्रभु बैंकका पूर्वअध्यक्ष पनि हुन् ।

प्रभु बैंकले जानकी मेडिकल कलेज बाहेक अन्य धेरै फर्म तथा कम्पनीलाई ऋण अपचलन गरेको र सो मुद्दालाई शेरचनले राजनीतिक पहुँचको आधारमा रोक्न लगाएको आरोप छ । गलत ऋण प्रवाह गरि प्रभु बैंकले नागरिकको अरबौं रुपैयाँ जोखिममा पारेको छ । निषेपकर्तामा यो विषयले त्रास उत्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस् :