नेकपा(एकीकृत समाजवादी)ले आज गठबन्धन बारे ठोस निर्णय लिने

madhav-samajbadi

तातोखबर, काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) पार्टी सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक भएको छ।  आज बस्ने बैठकले गठबन्धन बारे ठोस निर्णय गर्नेछ  ।

गएराति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकका क्रममा सत्ता गठबन्धनमा उक्त पार्टी सहभागी हुने संकेत गरिएको थियो ।

Advertisement:madhav-samajbadi

बैठकमा उपस्थित नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरुले नेपाललाई सत्ता गठबन्धनमा आउन आग्रह गरेको र नेपालले सकारात्मक रहेको बताएका थिए । यद्यपि नेकपा (एकीकृत समाजवादी) को बुधवारको बैठकले टुंगो लगाउने पनि उनले स्पष्ट पारेका थिए।

प्रतिक्रिया दिनुहोस् :