सभापति देउवा निवासमै पुगेर नेपालसँग भेट्नु अर्थपूर्ण: नयाँ घटनाक्रमको सङ्केत

deuwa-madhav-meeting-tatokhabar-tato-khabar-news-onlinekhabar-setopati-ratopati-nepalpress-news-nepal-nepali-samachar

तातोखबर, काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न केही बेरमा कोटेश्वर जाने तय भएको छ।

देउवाले कोटेश्वरमा नेपाललाई भेटेर पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल हुने बताइएको छ। पुरानो सत्ता गठबन्धनमा सहभागी रहेको एकीकृत समाजवादी पार्टीले नयाँ गठबन्धनमा जाने-नजाने बारे टुंगो लगाउन बाँकि छ । उसले आज बस्ने सचिवालय बैठकमा यसको निर्णय गर्ने जनाएको छ। यसै सन्दर्भमा देउवा निवासमै पुगेर नेपालसँग भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यसले नयाँ घटनाक्रमको सङ्केत गरेको पनि हुनसक्छ ।

Advertisement:deuwa-madhav-meeting-tatokhabar-tato-khabar-news-onlinekhabar-setopati-ratopati-nepalpress-news-nepal-nepali-samachar

यसअघि सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष नेपाललाई निवासमै पुगेर छलफल गरेका थिए।

प्रधानमन्त्री र केपी ओलीलाई  अध्यक्ष नेपालले सकारात्मक प्रतिक्रिया दिएको जानकारी आएको थियो।

प्रतिक्रिया दिनुहोस् :