नारायणकाजी श्रेष्ठ गृहबाट बिदा: पराराष्ट्रमा स्वागतको तयारी, अर्थमा वर्षमान पुन

narayankaji-shrestha

तातोखबर, काठमाडौँ / नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयको जिम्वेवारी बाट औपचारिक रूपमा बिदाइ भएका छन्।

नयाँ सत्ता गठबन्धन निर्माणसँगै पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि गृहमन्त्रालयको जिम्मेवारीमा रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आजबाट औपचारिक रूपमा बिदाइ भएका छन्।

Advertisement:narayankaji-shrestha

गृह मन्त्रालयमा आज पत्रकारहरु संग कुरा गर्दै श्रेष्ठले आफ्नो कार्यकाल निकै सफल रहेको दाबी गरेका छन्। नक्कली भुटानी शरणर्थी प्रकरण, ललितानिवास जग्गा प्रकरण र सुन काण्डमा महत्त्वपूर्ण सफलता हासिल गरेको बताउँदै अब बाँकी रहेका काम नयाँ गृहमन्त्रीले टुङ्ग्याउनुपर्ने उनले बताए छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणकाजी श्रेष्ठलाई फेरि पनि मन्त्रीमै कायम राख्ने भएका छन् ।

यसअघि गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठ नयाँ समीकरणबाट पराराष्ट्रमन्त्री बन्ने छन् । माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्दै छन्।

प्रतिक्रिया दिनुहोस् :