अहिलेसम्म पाँच लाख बढी भक्तजनले गरे पशुपतिनाथको दर्शन

Pashupati-temple

तातोखबर, काठमाडौँ / महाशिवरात्रिका अवसरमा आज पाँच लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन्।

बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ। अहिलेसम्म पशुपतिनाथमा कम्तिमा पनि पाँच लाखभन्दा जति भक्तजनले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषले अनुमान गरेको छ।

Advertisement:Pashupati-temple

बिहानभन्दा अहिले दर्शनार्थीको भीड बाक्लिँदै गएको छ। भीड बढेसँगै सुरक्षाकर्मीलाई मेला व्यवस्थापन गर्न चुनौतीपूर्ण बनेको छ। भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैढोका बिहान २ बजेदेखि खोलिएता पनि भीड घटेको छैन।

दर्शन गर्ने पालो छिटो पाउने आशमा भक्तजनहरु रातिदेखि नै लामबद्ध भएर बसेका थिए।  कोषले आज  कम्तीमा २० लाख भक्तजनले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस् :