महिला अधिकारको क्षेत्रका काम गर्नका लागि छुट्टै संस्था बनाउने: नवनियुक्तमन्त्री चौधरी

तातोखबर, काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला अधिकारको क्षेत्रका काम गर्नका लागि छुट्टै संस्था बनाउने बताएकी छिन्।
११४औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मन्त्रालयले शुक्रवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा नवनियुक्तमन्त्री चौधरीले सो कुरा बताएकी हुन् ।
पुष्पकमल दाहाल नेतृत्वको यस अघिको सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत रहेको महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको थियो ।
मन्त्री चौधरीले महिला हिंसाको घटना बढिरहेको बेला सो विभाग खारेज गरेकोमा असन्तुष्टि व्यक्त गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला अधिकारसम्बन्धि हेर्ने छुट्टै संस्थाको व्यवस्था हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने बताइन्।
सरोकारवाला निकाय र विज्ञहरुले पनि महिला विकासको क्षेत्र हेर्ने छुट्टै निकायको आवश्यकता औँल्याएकाले सरकारले अगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा सो कुरा समावेश गरेर अघि बढ्ने उनले बताइन् ।
चौधरीले राजनीतिक क्षेत्रमा महिलाहरुको सहभागिता ३३ प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुर्याउने लक्ष्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि लिएको जानकारी गराइन्। मन्त्री चौधरीले महिला मन्त्रालयमा बजेट बढाउने विषयमा पनि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस