सीमाको विषयमा चीन र भारतबीच विवाद शुरु: भारतले गर्यो सैनिक परिचालन

line-of-actual-control-india-chaine-border-conflict-international-news-tato-khabar-hot-news-tatokhabar

तातोखबर / सीमाको विषयलाई लिएर चीन र भारतबीच पुनः विवाद शुरु भएको छ। भारतले ठूलो संख्यामा सैनिक परिचालन गरेको भन्दै चीनले सीमा क्षेत्र अशान्त बनेको आरोप लगाएको छ।

चीनले लाइन अफ एक्चुअल कन्ट्रोल एलएसीको बिषयलाई लिएर भारतले थप तनाब बढाउने काम गरेको आरोप लगाएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले आफूहरू शान्ति स्थापनाका लागि प्रयासरत रहेता पनि भारतीय कदमले अवरोध गरेको दाबी गरे।

Advertisement:line-of-actual-control-india-chaine-border-conflict-international-news-tato-khabar-hot-news-tatokhabar

भारतीय सञ्चारमाध्यमका अनुसार भारतले एलएसीमा ठूलो संख्यामा सेना परिचालन गरेको खबर आएको छ । यसअघि बिहीबार मात्रै भारतीय विदेशमन्त्री एस. जयशंकरले सीमा विवादलाई लिएर चीनमाथि आरोप लगाएका थिए। जापान भ्रमणका क्रममा उनले चीनले लिखित सम्झौता उल्लंघन गर्ने गरेको बताएका थिए।

सन् १९७५ देखि २०२० सम्म सीमा क्षेत्रमा शान्तिपूर्ण अवस्था रहेकोमा चीनले त्यसयता लिखित सम्झौता उल्लंघन गरिरहेको विदेशमन्त्री एस. जयशंकरले आरोप लगाएका थिए। सन् २०२० मा गलवान घाँटीमा चीन र भारतका सेनाबीच भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यस यता तनाब भारत र चिन बिच तनाब झन् बढेको हो ।

प्रतिक्रिया दिनुहोस् :