आर्थिक क्षेत्रले फड्को मार्न सरकार र निजी क्षेत्र बीच सहकार्य जरुरि: रघुवीर महासेठ

तातोखबर, काठमाडौँ / उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार र निजी क्षेत्रको बीचमा सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न नसकिने बताएका छन्।

काठमाडौँमा शनिवार आयोजित नेपाल तयारी पोशाक उद्योग संघको २९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देश बनाउने जिम्मा निजी क्षेत्रको मात्रै नभइ सरकारको पनि रहेको बताए। उनले नेपालको आर्थिक वृद्धिदर अहिले ७.१ प्रतिशतबाट झरेर दुई प्रतिशत भन्दा तल आएको बताए।  उपप्रधानमन्त्री महासेठले नेपालले तयारी पोशाकमा धेरै ठूलो परिवर्तन गर्नसक्ने बताए।

Advertisement:

केपी शर्मा ओली यसअघि प्रधानमन्त्री रहँदा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहेको उनले दावी गरे। उनले अर्थतन्त्र सबल बनाउन सबै राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण रहेको बताए। उनले अबका दिनमा अर्थतन्त्र थप सुधार हुँदै जाने पनि बताए।

 

प्रतिक्रिया दिनुहोस् :