भक्तपुरमा मोटरसाइकल दुर्घटना बनेपाका घिमिरेको मृत्यु

तातोखबर, भक्तपुर/ भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–७ का मणिराज घिमिरे रहेका छन्।

दुर्घटनामा परी गम्भीर घाइते भएका मणिराजको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

Advertisement:

बनेपा बाट सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२-०३२ प ३३१३ नम्बरको मोटरसाइकल शनिबार राति १२ः४३ बजे सूर्यविनायक नगरपालिका–५ चुनदेवी आकासे पुल नजिक दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस् :