नसर्ने रोगले लिन्छ करोडौं मानिसको ज्यान
तातोखबर, काठमाडौं / विश्वभर नै नसर्ने रोगका बिरामी बढिरहेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को पछिल्लो विवरणअनुसार विश्वभर नसर्ने रोगबाट प्रत्येक वर्ष ४ करोड १० लाख मानिसले ज्यान गुमाउँने गरेका छन् ।
यस्तै प्रत्येक वर्ष ७० वर्ष नपुग्दै नसर्ने रोगका कारणबाट एक करोड ७० लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक छ। नसर्ने रोगमध्येको एक मुटु तथा रक्तनलीसम्बन्धी रोगका कारण वार्षिकरूपमा एक करोड ७९ लाख जनाको मृत्यु हुने गरेको छ ।
यस्तै क्यान्सर रोगका कारण विश्वभर प्रतिवर्ष ९३ लाख जनाको ज्यान जाने गरेको छ । यसैगरी विश्वभर प्रतिवर्ष दीर्घ श्वासप्रश्वास रोगका कारण ४१ लाख जना र मधुमेह रोगको कारण २० लाख जनाले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनको विवरण रहेको छ। ।
यस्ता नसर्ने रोगबाट हुने संक्रमण तथा मृत्युलाई मानिसकै जीवनशैलीले रोकथाम गर्न सकिने भए पनि गर्न नसकिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
विशेषगरी बदलिँदो जीवनशैली, खानापान, मोटोपन, धूमपान तथा अधिक मद्यपानलाई नसर्ने रोगको प्रमुख कारक तत्त्व मानिन्छ।
यस्तै नसर्ने रोग बढ्दै जानुको केही प्रत्यक्ष र केही अप्रत्यक्ष कारणमा बढ्दो जलवायु परिवर्तन पनि प्रमुख रहेको जनाइएको छ। बढ्दो जल वायु प्रदूषणका कारण बढ्दो वायु प्रदूषण, बढ्दो तापक्रम, अत्यधिक वर्षा तथा बाढी पहिरोजस्ता कारणले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा मानवको स्वास्थ्यमा असर परिरहेको र यसले नसर्ने रोग बढ्दै गएको बताइएको छ।
नेपालमा पनि नसर्ने रोगका बिरामी बढेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एचएमआईएस)को रिपोर्ट अनुसार पनि नेपालमा पछिल्ला वर्षमा मुटु, मिर्गौलाका साथै क्यान्सर जस्ता नसर्ने रोग बढेका छन्।
एचएमआईएसको रिपोट अनुसार हाल देशभर तीनलाख १२ हजार ३४२ जना मधुमेहका बिरामी रहेको देखिएको छ। कार्डियो भास्कुलर रोगका बिरामीको संख्या नेपालमा १९ हजार २६२ र क्यान्सर रोगका बिरामीको संख्या ६७ हजार ३८२ जना रहेको उल्लेख छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु