आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा: आज लिभरपुल र सिटी भिड्दै

तातोखबर / आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । ब्रेन्टफर्ड माथि शनिबार २-१ को जित निकाल्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो ।
आर्सनलको जितकालागि डेकलन राइस र काई हाभेर्ट्जले गोल गरे । खेलको १९औं मिनेटमा बेन व्हाइटको क्रसमा हेडर मार्फत गोल गर्दै राइसले खेलमा आर्सनललाई सुरुवाती अग्रता दिलाउन सफल भए ।
पहिलो हाफको अन्त्यमा आर्सनलका गोलरक्षक एरन राम्सडेलले क्लियर गर्न खोजेको बल योआन विस्सालाई लागेर पोस्टमा पुगेको थियो ।
खेलको ८६औं मिनेटमा व्हाइटकै पासमा हाभेर्ट्जले फ्रि-हेडर प्रहार गर्दै खेलमा आर्सनललाई जित दिलाएका थिए ।
शीर्ष स्थान रहेको आर्सनलको २८ खेलमा ६४ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुल ६३ र तेस्रो स्थानको म्यानचेस्टर सिटीको समान ६२ अंक रहेको छ ।
प्रिमियर लिगमा आइतबार लिभरपुल र सिटीले एकअर्काको सामना गर्नेछन् ।:
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस