धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्छ: डा. रामवरण यादव

ramvaran-yadav-first-persident-of-nepal

तातोखबर, काठमाडौँ / प्रथम राष्ट्रपति डा. रामवरण यादवले धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने विचार राखेका छन्।

मिथिला मध्यमा परिक्रमाको उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले धर्मलाई राजनीतिसँगै जोडेर हेर्ने परिपाटीका कारण समाज विखण्डनतर्फ बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। उनले धार्मिक कार्यक्रममा समेत राजनीति गर्नेहरूलाई सामेल गराउँदा धर्ममा पनि राजनीतिको प्रभाव बढ्दै गइरहेको बताए।

Advertisement:ramvaran-yadav-first-persident-of-nepal

उनले धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको बताए। उनले धार्मिक कार्यक्रममा समाज उत्थानका कुरा हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘धर्ममा पनि राजनीति हुँदा समाजमा विकृति बढ्दो छ, यसलाई हामीले रोक्नुपर्छ। धार्मिक कार्यक्रममा समाज उत्थानको कुरा हुनुपर्छ, समाजलाई कसरी जोड्ने त्यसतर्फ छलफल हुनुपर्छ न कि यस्ता कार्यक्रममा नेता कार्यकर्ताहरूलाई बोलाएर तामझाम गर्नुपर्छ।’

कार्यक्रममा सहभागी मधेशकी उद्योग, पर्यटन तथा वातावरणमन्त्री सुनिता यादवले प्रदेश सरकार मधेशलाई धार्मिक पर्यटनको हबको रूपमा विकास गर्न तत्पर रहेको बताइन्। उनले मधेशलाई धार्मिक पर्यटनको हबको रूपमा विकास गर्न मिथिला मध्यमा परिक्रमा सहायक सावित हुनसक्ने बताइन्।

यसका लागि प्रदेश सरकारले मास्टर प्लान बनाएर मिथिला मध्यमा परिक्रमाका पडाव स्थलहरूलाई व्यवस्थित तुल्याउन बजेट समेत छुट्याएको मन्त्री यादवले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस् :