प्रचण्ड पदबाट हट्नुपर्ने डरले थर्कमान छन् : गगन

Nepali Congress leader Gagan Thapa speaking at program organised to support quake-affected building of Central Deaf Higher Secondary School in Naxal on Monday, December 28, 2015. Photo: RSS

काठमाडौँ / कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदबाट हट्नुपर्ने डरले थर्कमान रहेको बताएका छन्।

आइतवार ललितपुरको गोदावरी नगरपालिकाको ८औँ स्थापना दिवसको अवसरमा उनले यस्तो टिप्पणी गरेका हुन्। उनले प्रधानमन्त्रीको कुर्सी बन्नुभन्दा पहिलादेखि नै हल्लिएको बताए।

Advertisement:Nepali Congress leader Gagan Thapa speaking at program organised to support quake-affected building of Central Deaf Higher Secondary School in Naxal on Monday, December 28, 2015. Photo: RSS

उनले डराएको प्रधानमन्त्रीले युद्धस्तरमा काम गर्न नसक्ने टिप्पणी गरे। उनले नेपाली राजनीति फोहोरी खेलमा गएको बताए । उनले राजनीति विकृत बनाएको कारणले गर्दा पद लोलुपता देखिने गरेको पनि बताए।

‘प्रत्येक दिन, प्रत्येक रात, नेपालको प्रधानमन्त्रीले, नेपालको वडाध्यक्षले, मेयरले, प्रत्येक सांसदहरुले वारको बेलामा जस्तो काम गर्नुपर्छ। भूकम्प आयो भने, ठूलो विपद् आयो भने हामी उद्धार गर्छौं, लाग्छौँ भिड्छौँ ‘। ‘त्यस्तो वार फुटिङमा काम गर्नुपर्नेमा हाम्रो ध्यान सरकार टिकाउन र बदल्नमा गएको छ‚ फोहोरी खेलमा गएको छ। अहिले बनेको प्रधानमन्त्रीको अहिलेदेखि- बन्नुभन्दा पहिलादेखि कुर्सी हल्लिएको छ। कतिखेर म यहाँबाट धकेलिने र लड्ने भन्ने डरले। त्यस्तो डराएको प्रधानमन्त्रीले वार फुटिङमा कसरी काम गर्छ?’उनले भने ।

 

प्रतिक्रिया दिनुहोस् :